नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
च्यासलस्थित पार्टी कार्यालयमा सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ।
बैठकमा मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्ने र अधिवेशनबाट बिदा भएकाहरूको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम सय रुपैयाँ उठाउने प्रस्तावमा छलफल हुनेछ।
एमाले नेता विष्णु रिजालका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ।
बैठकमा विशेषत: केन्द्रीय सदस्यहरुले ग्रासरुटबाट ल्याएका विषय नेतृत्वले सुन्नेछ।
नेताहरूका कुरा सुनेपछि मात्र पार्टी नेतृत्वले सुझावसहितको निष्कर्ष निकाल्ने एमाले केन्द्रीय सदस्य रिजालले नेपालखबरलाई जानकारी दिए।
यसअघि यही फागुन ३ गते एमालेको सचिवालय बैठक बसेको थियो। सोही बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो।
Shares
प्रतिक्रिया