ad ad

राजनीति


उम्मेदवार घोषणाका लागि रविसहित रास्वपा नेताहरू शनिबार इलाम जाँदै

उम्मेदवार घोषणाका लागि रविसहित रास्वपा नेताहरू शनिबार इलाम जाँदै

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १४:२४, काठमाडौँ

मिलन लिम्बूलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू शनिबार इलाम जाने भएका छन्।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने नेताहरूको जम्बो टोली लिएर शनिबार इलाम सदरमुकाम पुग्ने भएका हुन्। 

लिम्बूलाई रास्वपाको उम्मेदवार बनाइसकेको अवस्थामा इलाममै पुगेर लामिछानेले औपचारिक घोषणा गर्ने भएका हुन्।

उक्त घोषणसभाका लागि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, सह-महामन्त्री कविन्द्र  बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाई र केन्द्रीय सदस्य डा. तोसिमा कार्कीसहितका नेताहरू इलाम पुग्ने भएका हुन्।

उनीहरूले शनिबार इलाम क्षेत्र नम्बर २ स्थित इलाम नगरपालिका-७ चोक बजार, लाकुरी चौतारा पुगेर त्यहाँका मतदातालाई सम्बोधन गर्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .