ad ad

राजनीति


बिग्रिने पार्टीहरूको अधिवेशनबाटै मतभेद र फाटो सुरु हुन्छ : ओली

बिग्रिने पार्टीहरूको अधिवेशनबाटै मतभेद र फाटो सुरु हुन्छ : ओली

तस्बिर : केपी ओलीको सचिवालय


नेपालखबर
चैत २३, २०८० शुक्रबार १३:३८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रिने पार्टीहरूको अधिवेशन र महाधिवेशनबाटै मतभेद सुरु हुने टिप्पणी गरेका छन्। 

शुक्रबार पोखरामा आयोजित कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक सुर र लयमा अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए। 

‘बिग्रिने पार्टीहरूको लक्षण के हुन्छ? अधिवेशन, महाधिवेशनबाट फाटो, विमति, मतभेद सुरु हुन्छ,’ ओलीले भने, ‘सप्रिने पार्टीको अधिवेशनबाट एकतावद्ध प्रयास हुन्छ। मिल्ने प्रयास हुन्छ। सिंगै पार्टी समस्या समाधानतर्फ लाग्छ।’

उनले एमालेलाई कमजोर पार्ने गरी अघिल्लो वर्ष प्रयास भए पनि त्यो सफल नभएको बताए। 

‘एक लय, एक ताल, एक सुरमा अगाडि बढ्नुस्,’ ओलीले भने, ‘अधिवेशनबाट समस्या सुरु होइन, अन्त्य गर्ने हो। नेकपा एमाले त्यही पार्टी हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .