ad ad

राजनीति


मानव समुदायको सेवा सबैको साझा उद्देश्य हुनुपर्छ : अध्यक्ष दाहाल

मानव समुदायको सेवा सबैको साझा उद्देश्य हुनुपर्छ : अध्यक्ष दाहाल

नेपालखबर
चैत २४, २०८० शनिबार १९:२०, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सबैको साझा लक्ष्य उद्धेश्य मानव समुदायको सेवा गर्नु रहेको बताएका छन्।

चितवनको भरतपुरमा आज (शनिबार)लायन्स क्लब ३२५ आरको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष दाहालले सामाजिक, साँस्कृतिक अभियान होस् वा राजनीतिक आन्दोलन सबैको साझा लक्ष्य उद्धेश्य मानव सेवा हुनुपर्ने बताएका हुन्।

‘राजनीतिक आन्दोलन होस् वा सामाजिक, साँस्कृतिक आन्दोलनको लक्ष्य उन्नत, सभ्य, मानवीय सेवा भाव र विभेदरहित समुन्नत समाज निर्माण गर्नु नै हो,’  अध्यक्ष दाहालले भने, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी व्यवस्था लगायतका राजनीतिक परिवर्तन र उपलब्धिको मूल उद्धेश्य समाज रुपान्तरण र मानवसेवा नै हो।’

लायन्स क्लवले राजनीति, भूगोल र सम्प्रदायभन्दा माथि उठेर समाजसेवा गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्राकृतिक प्रकोप, भूकम्प, विपद् र महामारीका बेला अग्रपंक्तिमा रहेर सक्रिय रहने लायन्सको कार्यप्रति खुसी व्यक्त गरे।

‘प्राकृतिक प्रकोप भूकम्प, बाढीपहिरो, कोरोना महामारी लगायतका कठिन अवस्थामा उद्धार, राहत र औषधी उपचार लगायतका मानव सेवाका काममा लायन्सहरुको सक्रियता प्रशंसनीय छ,’ अध्यक्ष दाहालले भने, ‘व्यक्तिगत, राजनीतिक, भूगोल र सम्प्रदायबाट माथि उठेर सामाजिक क्षेत्रमा लायन्सले गरेको योगदान र एकताबद्ध कार्य प्रशंसनीय छ।’

राज्यको सेवा सुविधा पुग्न नसकेका दूरदराजसम्म लायन्स क्लवको तर्फबाट मानव सेवा गर्न आग्रह गर्दै अध्यक्ष दाहालले समाजसेवा र मानवीय कार्यमा लाग्दा कानुनी व्यवधान र समस्याहरु आए कानुन निर्माण गरेर वा विद्यमान कानुन संशोधन गरेर पनि सहजीकरण गर्न संसद तयार रहेको उनले बताए।

मानवीय सेवा, परोपकार र समाजसेवालाई अगाडि बढाउँदा आउने कानुनी समस्या समाधानका लागि सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .