ad ad

राजनीति


एमाले जनसंगठनहरूको महिला राष्ट्रिय भेला हुने, विद्या भण्डारी प्रमुख अतिथि

एमाले जनसंगठनहरूको महिला राष्ट्रिय भेला हुने, विद्या भण्डारी प्रमुख अतिथि

महिला भेलाबारे जानकारी दिन आयोजित कार्यक्रम


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार २०:५२, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

जनसंगठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला संघका अध्यक्ष टुकादेवी हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ।

पार्टीका स्थायी कमिटी सदस्य एवं जनसंगठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेलाको प्रमुख अतिथि रहने र अध्यक्ष केपी शर्मा ओलीले भेलाको समापन गर्ने जनाइएको छ।

भेला व्यवस्थापन समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहेकी छन्।

यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित अनेमसंघका महासचिव पेम्बा लामा, अन्य जनसंगठनका तर्फबाट जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .