ad ad

राजनीति


गोदावरीमा सुरु भयो एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक (लाइभ)

गोदावरीमा सुरु भयो एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक (लाइभ)

सरोज बैजु
बैशाख ८, २०८१ शनिबार १२:३९, ललितपुर

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। 

गोदावरीस्थित सनराइज सभाहलमा आयोजित परिषद् बैठकको उद्घाटनपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। 

२ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सयभन्दा बढी सहभागी भएको एमालेको दाबी छ। 

मिसन ग्रासरुट,  झुलाघाट-चिवाभञ्याङ संकल्प यात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला आयोना गरेको हो।

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी, एमालेको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट पनि प्रतिवेदन प्रस्तुत हुनेछन्।

हेर्नुहोस् लाइभ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .