ad ad

राजनीति


सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर, रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोल: विश्वप्रकाश

सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर, रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोल: विश्वप्रकाश

फाइल तस्बिर


नेपालखबर
जेठ ९, २०८१ बुधबार ५:४७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोपउपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। 

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले त्यस्तो छानविन गृहमन्त्री रवि लामिछानेमाथि पनि हुनुपर्ने जिकिर गरेका छन्। 

‘सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर। मज्जाले छानबिन गर,’ नेता शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दोषी ठहरे जेल पठाउ। सबैमाथीको सबै आरोपउपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर!’ 

उनले सहकारीको रकम अपचलन प्रकरणका आरोपी गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन्। उनले गृहमन्त्री रविविरुद्ध कान्तिपुरले दिँदै आएको शृङ्खलावद्ध समाचारको पुष्टि हुनुपर्नेमा जोड दिएका छन्। 

‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल,’ शर्माले भनेका छन्, ‘सहकारी ठगी समाचार शृङ्खला’ उपर पूर्वाग्रह होइन भन्ने पुष्टि गर!’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .