ad ad

राजनीति


सडक संघर्ष प्रभावकारी बनाउन भ्रातृ संगठनसँग छलफलमा कांग्रेस

सडक संघर्ष प्रभावकारी बनाउन भ्रातृ संगठनसँग छलफलमा कांग्रेस

नेपालखबर
जेठ ९, २०८१ बुधबार १६:९, काठमाडौँ

सहकारी पीडितका पक्षमा सडक संघर्ष घोषणा गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भ्रातृ संगठनहरूको बैठक पनि बोलाएको छ।

कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका अध्यक्षहरूलाई सानेपा बोलाएको हो। 

सडक संघर्षलाई प्रभावकारी बनाउन भ्रातृ संगठन परिचालन गर्ने कांग्रेसको योजना छ। 

पार्टी मुख्यालय, सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगीका दोषीलाई कारबाहीका लागि दबाब दिन र पीडितलाई न्याय दिलाउन सडक संघर्षमा जाने निर्णय गरेको थियो।

सडक संघर्षको सुरूवात शुक्रबार भृकुटीमण्डपबाट गर्ने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .