विकास खर्चमा सङ्घको तुलनामा प्रदेश र स्थानीय तहमा पुँजीगत खर्चको अंश तुलनात्मक रूपमा उच्च रहेको छ।
गत आर्थिक वर्षमा सङ्घीय पुँजीगत बजेटमा सङ्घीय पुँजीगत खर्चको अंश ६१.७ प्रतिशत र प्रादेशिक पुँजीगत बजेटमा प्रादेशिक पुँजीगत खर्चको अंश ६८.२ प्रतिशत रहेयो।
त्यसैगरी, स्थानीय तहको कुल पुँजीगत बजेटमा स्थानीय तहको पुँजीगत खर्चको अंश ६५.२ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा यस्तो अंश क्रमशः ५७।६ प्रतिशत, ६८.७ प्रतिशत र ६५.२ प्रतिशत रहेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० को सङ्घीय खर्चमध्ये पुँजीगत खर्च १६.५ प्रतिशत र कुल प्रादेशिक खर्चमध्ये प्रादेशिक पुँजीगत खर्च ६०.७ प्रतिशत रहेको थियो। त्यसैगरी, स्थानीय तहको कुल खर्चमध्ये पुँजीगत खर्च ३७.२ प्रतिशत रहेको थियो।
9
Shares
प्रतिक्रिया