ad ad

राजनीति


तरुण दल लमजुङका अध्यक्ष गुरुङविरुद्ध पक्राउ पुर्जी

तरुण दल लमजुङका अध्यक्ष गुरुङविरुद्ध पक्राउ पुर्जी

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १३:३२, काठमाडौँ

लमजुङका तरुण दल अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बैंकिङ कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी परेपछि अदालतबाट पक्राउ अनुमति लिएको ललितपुर प्रहरीका एक अधिकारीले बताए। 

‘चेक बाउन्सको उजुरी परेपछि हामीले केही  दिन अघि अदालतबाट पक्राउ अनुमति लिइसकेका छौं’, परिसरका एक अधिकारीले भने।  

उनले पोखरा महानगरपालिका १२ मा रहेको जग्गा ४ करोड रुपैयाँमा बेच्न २०७८ फागुन ८ गते एक व्यक्तिबाट चेक र नगद गरी २ करोड बैना लिएका थिए। बाँकी दुई करोड फागुन १८ गतेभित्रमा लिने र जग्गा पास गरिदिने कागज गरिएको थियो। 

तर दुई करोड बैना दिइसकेका व्यक्तिलाई उक्त जग्गा नदिई अर्कै व्यक्तिलाई बेचेको आरोप छ। उनले जग्गा अर्कैलाई दिएपछि बैना रकम फिर्ता गर्ने सहमती भएको थियो। 

गुरुङले बैनामा भएको भाका अनुसार जग्गा पास नगरेपछि एक करोड ६५ लाख रुपैयाँको चेक काटिदिएका थिए। ५० लाख रुपैयाँ नगद नै फिर्ता दिएका उनले १५ लाख रुपैयाँ ब्याजबापत दिने सहमती भएको थियो। 

२०८० मंसिर १५ गते भुक्तान हुने गरी काटिदिएको उक्त चेक बैंकको खातामा रकम नभएपछि पीडितले चेक बाउन्स गराएका थिए। 

त्यसअघि २०७९ पौसमा पनि जग्गा पास गरिदिए चेक फिर्ता गर्ने कागजात भएको थियो। तर गुरुङले यसबिचमा पनि जग्गा पास गरिदिएका थिएनन्। आफ्नो रकम पनि फिर्ता नगरेको र जग्गा पनि पास नगरेको आरोप छ

उनलाई दिने भनेको जग्गा अर्कैलाई पास गरिसकेको खुलेपछि पीडितले ललितपुर प्रहरीमा जाहेरी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .