ad ad

राजनीति


कांग्रेसले सरकारले गरेका गल्तीहरूको उजागर गर्छ : नेता कोइराला

कांग्रेसले सरकारले गरेका गल्तीहरूको उजागर गर्छ : नेता कोइराला

नेपालखबर
जेठ २०, २०८१ आइतबार १७:१४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले नेपाली कांग्रेसले सरकारले गरेका गल्तीहरूको उजागर गर्ने बताएका छन्। 

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने मागअनुसार समिति बनेको र अब कामहरु क्रमशः हुँदै जाने बताए।

‘समिति गठन गर्नुपर्छ भन्ने हाम्रो माग थियो, पूरा भयो। समितिको काम आएपछि हामी भन्छौँ। हामीले प्रतिपक्षमा बसेर गल्ती कहाँ भएको छ, त्यसलाई औंल्याउने हो। जस्तो रवि लामिछानेको बारेमा हामीले कुरा राख्यौँ,’ उनले भने, ‘त्यो सत्य हो की होइन भनेर त्यसको छानबिन हुँदैछ। समिति गठन भएपछि हामी चुपचाप छौँ। बजेट एक हिसाले हेर्दा ठिकै देखिन्छ। मलाई सोध्नुहुन्छ भने मेरो क्षेत्रमा कति परेको छ, थाहा भएन। म हेर्छु अनि भन्छु।’

उनले बजेट एक हिसावले हेर्दा ठिक आएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .