ad ad

राजनीति


प्रचण्डको बधाईमा मोदीको जवाफः नेपाल-भारत मित्रता बलियो बनाउन निरन्तर सहयोगको अपेक्षा छ

प्रचण्डको बधाईमा मोदीको जवाफः नेपाल-भारत मित्रता बलियो बनाउन निरन्तर सहयोगको अपेक्षा छ

नेपालखबर
जेठ २३, २०८१ बुधबार ८:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको बधाईमा जवाफ फर्काउँदै लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेका भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल र भारतबीचको मित्रतालाई अझ बलियो बनाउने चाहना व्यक्त गरेका छन्।

१८औँ लोकसभा चुनावमा वाराणसीबाट मोदीले लगातार तेस्रोपटक जितेका छन् भने उनको पार्टी भाजपा नेतृत्वको गठबन्धन एनडीएले बहुमत ल्याएको छ। आज उनले नयाँ सरकार गठनको दाबी पेस गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यसरी लगातार तेस्रो कार्यकाल पनि प्रधानमन्त्री बन्न लागेका मोदीलाई प्रधानमन्त्री प्रचण्डले एक्समार्फत बधाई दिएका थिए। 

सो पोस्ट सेयर गर्दै मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डजी! तपाईंको न्यानो शुभकामनाका लागि धन्यावाद! भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन निरन्तर सहयोगको अपेक्षा गरेको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .