ad ad

राजनीति


प्रचण्डसँग फोनवार्तापछि मोदीले भने- दुई देशको सम्बन्धमा सकारात्मक गति कायम राख्छौँ

प्रचण्डसँग फोनवार्तापछि मोदीले भने- दुई देशको सम्बन्धमा सकारात्मक गति कायम राख्छौँ

नेपालखबर
जेठ २३, २०८१ बुधबार २२:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ।

भारतमा निर्वाचन सम्पन्न भई अन्तिम परिणामसमेत सार्वजनिक भएपछि दुई देशका प्रधानमन्त्रीबीच वार्ता भएको हो।

निर्वाचन परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा सबैभन्दा ठूलो दल बनेको छ भने भाजपा नेतृत्वको गठबन्धन एनडीएको सरकार निरन्तर रहने लगभग निश्चित भएको छ।

सरकारको भावी नेतृत्वका लागि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले मोदीलाई शुभकामना दिएका थिए भने मोदीले न्यानो शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका थिए।

वार्तापछि मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुन: पुष्टि गर्‍यौं र हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्न सहमत भयौं।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .