नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन्।
पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
पाँचसय ९२ मतमध्ये उनले तीनसय ४५ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरेका छन्।
प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काका अनुसार उपाध्यक्षमा राजेन्द्ररमण खनाल, सचिवमा शिव चित्रकार, उपसचिवद्वय राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका छन्।
33
Shares
प्रतिक्रिया