ad ad

राजनीति


जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमणबारे ‘बिग अपरेसन’ गर्दैछौं : गृहमन्त्री

जनकपुरमा ९ हजार बिघा जग्गा अतिक्रमणबारे ‘बिग अपरेसन’ गर्दैछौं : गृहमन्त्री

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १९:३१, काठमाडौँ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा आफ्नो एक सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।  

‘वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ, तपाईहरुले चाँडै थाहा पाउनु हुन्छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘आज नै यसलाई सार्वजनिक गरिदिँदा पनि केही फरक पर्दैन । लगभग ९ हजार बिघा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले बिग अपरेसन गर्दैछ ।’

उपप्रधानमन्त्री लामिछानेले सरकारले जुनसुकै मुद्दालाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहोर्‍याए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .