ad ad

राजनीति


संसद्‌मा एनजीओको सहयोगबारे सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा ध्यानाकर्षण

संसद्‌मा एनजीओको सहयोगबारे सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा ध्यानाकर्षण

नेपालखबर
असार ४, २०८१ मंगलबार १८:२७, काठमाडौँ

संघीय संसद्का सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गैरसरकारी संस्थाले संसदीय समिति र सचिवालहरूमा गरेको सहयोगप्रति ध्यानाकर्षण गराएका छन्। 

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले मंगलबार सूचना जारी गर्दै गैरसरकारी संस्थाको सहयोग लिएको गुनासा आइरहेको सन्दर्भमा ध्यानाकर्षण भएको जानकारी गराएका छन्। 

केही दिनअघि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गैरसरकारी संस्थाबाट प्रायोजित खाजा पुगेपछि यो विषय पुनः सतहमा आएको थियो। 

एनजीओको खाजा पुगेको भन्दै गृहमन्त्री रवि लामिछानेले बैठक बहिष्कार गरेका थिए। 

सो सन्दर्भमा ध्यानाकर्षण गराउँदै संसद् सचिवालयले भनेको छ, ‘संघीय संसदको संस्थागत जानकारी एवं अनुमतिबिना कतिपय गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) हरूले संघीय संसदअन्तर्गतका समितिहरू तथा सचिवालयलाई सहयोग गर्ने, माननीय सदस्यहरूको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरु सुनिने गरिएको सन्दर्भमा समयसमयमा सतर्क गराउँदै आएको भए तापनि यस्ता गुनासाहरू पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय सभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षबाट निर्देशन भएअनुसार जानकारी गराइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .