ad ad

राजनीति


राष्ट्र निर्माणमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण : देउवा

राष्ट्र निर्माणमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण : देउवा

फाइल फोटो


नेपालखबर
असार ११, २०८१ मंगलबार १५:९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए।

उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए। आदिवासी जनजातिहरु एक भएर देश, पार्टी र आफ्ना हक अधिकारहरु पनि संरक्षण गर्न सकिने देउवाको विश्वास छ।

सभापति देउवाले आदिवासी, जनजातिका मागहरु सम्बोधन गर्न आफू लाग्ने पनि प्रतिवद्धता जनाए।

उनले भने, ‘तपाईंहरु आदिवासी, जनजाति दिदिबहिनीहरुको अधिकार पनि संरक्षण हुन्छ। आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन। छलफल गरेर उहाँहरुका मागहरू पूरा हुनेछन्। म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .