ad ad

राजनीति


मुकुलको प्रतिवेदनमा रविलाई जवाफ दिन हम्मे-हम्मे पर्ने प्रश्न

मुकुलको प्रतिवेदनमा रविलाई जवाफ दिन हम्मे-हम्मे पर्ने प्रश्न

नेपालखबर
असार २०, २०८१ बिहिबार १७:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ। उनले पार्टीको अवस्थाबारे देशदौडाह गरेर तयार पारेकाे समीक्षा प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेलाई नेता, कार्यकर्ताले केही गम्भीर प्रश्न सोधेका छन्।

ढकालले पार्टी कार्यकर्ता र सर्वसाधरणसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदनमा रविको विगत र वर्तमानसँग जोडिएका थुप्रै प्रश्न गरिएको छ। कार्यकर्ताले रविको कार्यशैलीलाई लिएर समेत प्रश्न गरेका छन्।

यस्ता छन्, रविलाई सोधिएका केही प्रश्नः
-चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैँ गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?
-जिबि राई कहिले समातिन्छन् ? समात्न सकिदैँनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर
बोलेको ?

-सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ।
-सभापतिको सचिवालयमा मृदुभाषी भएनन्। यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन।
-किन ग्यालेक्सीको टिम धेरै भयो? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो?
-सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?
-निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?
-ब्लु बस र रोजगारीको कुरा कता पुग्यो?
-सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ।
-सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ। पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधाकुरा जनतासँगकार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्न थाले।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .