ad ad

राजनीति


माओवादी सांसद सापकोटाको प्रश्न : कांग्रेस–एमालेको सम्झौता किन गुपचुप राखिएको?

माओवादी सांसद सापकोटाको प्रश्न : कांग्रेस–एमालेको सम्झौता किन गुपचुप राखिएको?

फाइल तस्बिर


नेपालखबर
असार २३, २०८१ आइतबार १३:३७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले गत असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सम्झौता गोप्य राख्नु अपारदर्शी र अनैतिकत काम भएको टिप्पणी गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले संसद्ले सुरुकै दिनदेखि नै लय बिराएको बताए। 

‘उहाँहरूले यति अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ। हामीले यहाँ छलफल गरिरहँदा समेत दुई वटा दलका बीचमा के कस्ता सम्झौता भए बाहिर आएको छैन,’ उनले भने, ‘मध्यरातमा अमुक व्यक्तिका घरमा गरेको सम्झौताभित्र के छ? हामीले देख्न पाएका छैनौँ। यतिका दिनसम्म गुपचुप राख्नुपर्ने कुरा के भयले काम गरेको छ? सबैभन्दा पहिलो अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ।’

साथै, उनले संसदलाई स्थिर बनाउने भनेर भएको सम्झौतालाई विश्वास गर्न नसकिने पनि बताए। 

‘हामीलाई के विश्वास लाग्दैन भने, हामीले अहिले अभ्यास गरिरहेको संसद्को अभ्यासले सबैभन्दासबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वाचडगको रुपमा प्रमुख प्रतिपक्षीको रुपमा बस्ने। तर, संसदको यो लयले सुरुकै दिनदेखि बिराएको हो,’ उनले भने, ‘दिनभर प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि स्वर्ग गएपनि सँगै जाऔँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्न आफ्ना नेतालाई खटाउने? यो कहाँको नैतिकता हो? भर्खरै सत्तापक्ष छाडेर प्रतिपक्षमा जानुभएका प्रिय कमरेडहरू, यही हो नैतिकता?’

उनले एमाले र कांग्रेसले जनतालाई ढाँट्ने काम गरिरहेको पनि बताए। ‘तपाईंहरूले देखाउनुभएको कुराले स्थिरता देखाउँदैन्। लोकलाई ढाँट्ने काम गरिराख्नुभएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .