ad ad

राजनीति


रास्वपाले निलम्बित महामन्त्री ढकालबारे भोलि निर्णय लिने, अनुशासन आयोगको प्रतिवेदन तयार

रास्वपाले निलम्बित महामन्त्री ढकालबारे भोलि निर्णय लिने, अनुशासन आयोगको प्रतिवेदन तयार

नेपालखबर
असार २४, २०८१ सोमबार १८:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकालमाथिको कारबाहीबारे मंगलबार निर्णय लिने भएको छ।

ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ। उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन्। प्रतिवेदनबारे गएराति बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भइसकेको छ। उक्त बैठकमा महामन्त्री ढकाललाई गर्न सकिने कारबाहीबारे पनि लगभग टुंगो लागिसकेको छ।

कारबाहीबारे अन्तिम निर्णय लिन केन्द्रीय समिति बैठक आयोजना गरिएको हो। पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो। उक्त अवधि पनि भोलि सकिँदै छ।

केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे बोलाइएको छ। बैठकले नयाँ महामन्त्रीको जिम्मेवारी र केन्द्रीय प्रवक्ता पनि तोक्ने एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

ती पदाधिकारीका अनुसार, बैठकमा अरू समसायिक विषयमा पनि छलफल हुनेछ।

महामन्त्री ढकालले एक महिने समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन पनि ग्रहण नगर्ने नेताहरूले बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .