भारतका रक्षामन्त्री राजनाथ सिंहले जम्मु कस्मिरको कठुआमा अतिवादी हमलाबाट पाँच जना भारतीय सैनिक मारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
भारतीय रक्षामन्त्री सिंहले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘म कठुआको बदनोटामा भएको आतंकवादी हमलामा हाम्रा पाँच बहादुर सिपाही मारिएकामा गहिरो दुःख व्यक्त गर्छु।’
‘शोकसन्तप्त परिवारहरूप्रति मेरो गहिरो समवेदना! यो कठिन समयमा राष्ट्र तपाईंहरूको साथमा उभिएको छ। आतंकवाद विरोधी अभियान जारी छन् र हाम्रा सेना यस क्षेत्रमा शान्ति र व्यवस्था कायम गर्न प्रतिबद्ध छन्।’
उनले घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
357
Shares
प्रतिक्रिया