ad ad

राजनीति


सरकारले पूर्वसांसदलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ : एकनाथ ढकाल

सरकारले पूर्वसांसदलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ : एकनाथ ढकाल

नेपालखबर
असार २५, २०८१ मंगलबार १४:२०, काठमाडौँ

प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरूलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको भनाई थियो।

उनले पूर्वसांसदहरूले देशका लागि धेरै योगदान गरेकाले उनीहरुको पनि स्वास्थ्य सुरक्षाका लागि सरकारले केही राहत दिँदा फरक नपर्ने बताए।

‘हामीले ६६ औं संसद दिवस मनायौँ। पूर्वसांसद मञ्च र संघीय संसदको संयुक्त आयोजनामा यो मनाइएको हो। पूर्वसांसदहरूले देशका लागि धेरै योगदान गर्नुभएको छ। र उहाँहरूले केही मागहरू पनि राख्नुभएको छ,’ उनले भने, ‘त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरुमा पूर्वसांसदहरू जो आफँै औषधि उपचार गर्नका लागि सक्षम हुनुहुन्न। उहाँहरूका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस् भनेर म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद ढकालले पूर्वसांसदहरूले राखेका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .