ad ad

राजनीति


सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले पीडितसँग छलफल गर्ने

सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिले पीडितसँग छलफल गर्ने

फाइल फोटो


नेपालखबर
असार २५, २०८१ मंगलबार १७:८, काठमाडौँ

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ।

मंगलवार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो।

सहकारीका पीडितहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए। आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो।

बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ।

सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरूलाई बोलाएका छौं। सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरूको कुरा सुन्ने कार्यक्रम बनाएका छौं।’

विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो। अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .