ad ad

राजनीति


प्रधानमन्त्रीको भर समाजवादी मोर्चासँग, नयाँ दल समेटेर पुनर्गठन गरिँदै

प्रधानमन्त्रीको भर समाजवादी मोर्चासँग, नयाँ दल समेटेर पुनर्गठन गरिँदै

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८१ बुधबार २०:५, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रसहित ४ दल सहभागी रहेको समाजवादी मोर्चा पुनर्गठन हुने भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकमा पुनर्गठनबारे छलफल भएको हो।

‘समाजवादी मोर्चाको पुर्नगठनको विषयको प्रारम्भिक छलफल आज भएको छ,’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले भने, ‘नेताहरू अर्को बैठक बसेर पुनर्गठनको बिषय टुंग्याउनुहुन्छ।’

आजको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरू सहभागी थिए। 

सत्तामा रहेका र नरहेका ४ दल सहभागी समावादी मोर्चा गत वर्ष असारमा घोषणा गरिएको थियो। चक्रिय प्रणाली अनुसार नेतृत्व परिवर्तन हुने मोर्चामा हाल विप्लव संयोजक रहेका छन्।

मोर्चामै सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएपछि पछिल्लो समय मोर्चा निष्क्रिय जस्तै भएको थियो। 

उपेन्द्र यादवले मोर्चामा नबस्ने घोषणा गरेकाले अब नयाँ दललाई समेटेर मोर्चा पुनर्गठन गरिने छ।

विश्वासको मतबारे छलफल
बैठकमा प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिकाबारेमा ‘ब्रिफिङ’ गरेको जानकारी दिए। 

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि प्रधानमन्त्रीले समसामयिक विषयमा जानकारी गराउँदै विश्वासको मत दिन आग्रह गरेको जानकारी दिए।

‘बामपन्थी एकता तोडेर अर्को सरकार बनाउने आवश्यता किन पर्‍यो भन्ने कुरा पनि उठे,’ उनले नेपालखबरसँग भने, ‘उहाँले म विश्वासको मत लिँदै छु। तपाईंहरूले मत दिनुहोस् भनेर भन्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .