ad ad

राजनीति


बालुवाटारमा यसरी सम्झिइयो सीता दाहाललाई

बालुवाटारमा यसरी सम्झिइयो सीता दाहाललाई

नेपालखबर
असार २७, २०८१ बिहिबार १२:४२, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) बिहान आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्य तथा पार्टी नेताहरूले स्वर्गीय दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे। 

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा,  पम्फा भुसाललगायत पार्टी पदाधिकारी तथा अन्य नेता-कार्यकर्ताहरूले पनि श्रद्धाञ्जली व्यक्त गरे।

कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवाको पनि उपस्थिति थियो।

स्वर्गीय दाहालको स्मरण गर्दै पार्टी उपाध्यक्ष श्रेष्ठले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे। ‘कमरेड सीता परिवर्तनका योद्धाका रूपमा सधैँ स्मरणमा रहने’ बताउँदै उपाध्यक्ष श्रेष्ठले पार्टीलाई थप एकताबद्ध बनाएर अगाडि बढ्नुपर्नेमा जोड पनि दिरे।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तकको विमोचन पनि गरे।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी सीता दाहाल २०२८ देखि कम्युनिस्ट आन्दोलनमा सक्रिय थिइन्। २०५२ देखि पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको भूमिगत संघर्षमा पनि उनी सहभागी थिइन्।

गत वर्ष असार २७ गते दाहालको निधन भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .