ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डका विपक्षमा मतदान गर्न कांग्रेसले जारी गर्‍यो ह्विप

प्रधानमन्त्री प्रचण्डका विपक्षमा मतदान गर्न कांग्रेसले जारी गर्‍यो ह्विप

नेपालखबर
असार २७, २०८१ बिहिबार १३:३०, काठमाडौँ

नेपाली कांग्रेसले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम रहेको हुँदा विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई बिहीबार लिखित निर्देशन दिएका हुन्। 

लेखकले जारी गरेको निर्देशन पत्रमा भनिएको छ, ‘मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन विहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ।’

यसअघि बुधबार नेकपा एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री प्रचण्डका विपक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले नेपाली कांग्रेसले मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्।

अत: यसको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत पुष्टि गर्नुपर्ने प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले भोलि असार २८ गते विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .