ad ad

राजनीति


राष्ट्रिय सभा बैठक किन भयो स्थगित? चार दलको यस्तो आरोप

राष्ट्रिय सभा बैठक किन भयो स्थगित? चार दलको यस्तो आरोप

नेपालखबर
असार २७, २०८१ बिहिबार १८:४३, काठमाडौँ

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

आज तोकिएको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमतिका बाबजुद राष्ट्रिय सभाको बैठक अचानक स्थगित भएको भन्दै ती दलले ध्यानाकर्षण भएको जनाएका हुन्।

असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुलसम्बन्धी विधेयक, २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण बिहीबारको बैठकमा उनी अनुपस्थित भएको ती दलको आरोप छ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दलहरूको असहमतिका बाबजुद बैठक स्थगित गरेकामा पनि चार दलले असन्तोष प्रकट गरेका छन्।

चार दलद्वारा जारी संयुक्त विज्ञप्तिमा अध्यक्ष दाहालको यस कदमबाट राष्ट्रिय सभाले विधेयकमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानुनी अधिकारसमेत हनन भएको चार दलले उल्लेख गरेका छन्। एमालेका प्रमुख सचेतक भगवती न्यौपाने, कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपाका नेता शेखरकुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .