ad ad

राजनीति


नयाँ सरकार गठनबारे छलफलमा कांग्रेस–एमाले

नयाँ सरकार गठनबारे छलफलमा कांग्रेस–एमाले

नेपालखबर
असार २८, २०८१ शुक्रबार १८:२, काठमाडौँ

नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ। अहिले नयाँ बानेश्वरस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा दुई दलका नेताहरूबीच छलफल चलिरहेको छ। 

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक महेश बर्तौला लगायतका नेताहरू छलफलमा छन्। 

उनीहरू केहीबेरदेखि छलफलमा जुटेका हुन्।

राष्ट्रपति नयाँ सरकार गठनको आह्वान गर्नासाथ सरकार दाबी गर्नेगरी उनीहरूको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .