ad ad

राजनीति


यस्तो देखियो राष्ट्रपति कार्यालयमा शपथ समारोह (तस्बिरहरू)

यस्तो देखियो राष्ट्रपति कार्यालयमा शपथ समारोह (तस्बिरहरू)

सरोज बैजु
असार ३१, २०८१ सोमबार १३:४१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका २१ मन्त्रीहरू पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। 

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश विश्वेम्भरप्रसाद श्रेष्ठ, पूर्वप्रधानम्न्त्री लगायत उच्च पदस्थहरू सहभागी भएका थिए। 

ओलीले आफ्नो क्याबिनेटका दुई उपप्रधान र १९ मन्त्री सोमबार नै नियुक्त गरेका छन्। 

ओली क्याबिनेट नियुक्त भएका २२ मध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .