ad ad

राजनीति


मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टासम्म गोप्य राखिने

सरकारको प्रवक्तामा सञ्चारमन्त्री गुरुङ
मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टासम्म गोप्य राखिने

नेपालखबर
असार ३१, २०८१ सोमबार १९:५५, काठमाडौँ

सरकारले मन्त्रिपरिषद्‍का निर्णय २४ घण्टासम्म गोप्य राख्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै सरकारका प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारी दिइएको छ।

सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले तत्काल सार्वजनिक गर्नुपर्ने विषयबाहेक मन्त्रिपरिषदका निर्णय २४ घण्टासम्म गोप्य राख्ने बताएका हुन्।

‘मन्त्रिपरिषदको निर्णय २४ घण्टासम्म गोप्य रहन्छ। हामी २४ घण्टासम्म गोप्य रहन्छ भन्ने, मन्त्रीहरूले पनि त्यसलाई बाहिर लान पाउँदैन। प्रधानमन्त्री, मन्त्री कसैले लान पाउँदैन’ उनले भने, ‘तर हामी के गर्दा रैछौँ? आजको चाहिँ आजै? तपाइँहरूले २४ घण्टापछि जानकारी पाउने विषय पनि आजै भन्दिदारैछौँ के। त्यो त हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ।’

उनले थपे, ‘त्यसकारण अब यो दोस्रो बैठकदेखि तपाइँहरूलाई जानकारी गराउनुपर्ने मन्त्रिपरिषदका फैसलाहरू त्यो दिनमा हुन्न। २४ घण्टापछि मैले नै, प्रवक्ताले चाहिँ मन्त्रालयमा त्यो जानकारी गराउने काम हुन्छ है।’

मन्त्री गुरुङले तत्काल सार्वजनिक गर्नुपर्ने विषय भने मन्त्रिपरिषदले निर्णय गरेर सार्वजनिक गर्ने पनि सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .