ad ad

राजनीति


निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णित

निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णित

नेपालखबर
साउन ९, २०८१ बुधबार १९:३, काठमाडौँ

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानबारे संघीय संसदको संसदीय सुनुवाइ समितिले कुनै निर्णय गरेन।

संवैधानिक परिषद्बाट निर्वाचन आयुक्तमा सिफारिस प्रधानलाई बुधवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाई गरिएको हो।

बैठकमा उनले पदीय जिम्मेवारीमा रहँदा आफूले गर्ने भावी योजना सम्बन्धी अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेका थिए। उनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि विभिन्न ५ बुँदामा सुधारको कार्ययोजना प्रश्तुत गरेका थिए।

समितिका सदस्यहरुले प्रधानविरुद्ध परेका उजुरीका बारेमा स्पष्ट पार्न आग्रह गरेका थिए।

नेपाली कांग्रेसका सांसद जीवन परियारले अदालति मिलापत्रको पत्र पढेर सुनाउँदै सही वा गलत के भएको हो भनी प्रश्न गरे।

त्यसैगरी नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले समितिमा परेको उजुरीको कानूनी पक्ष भन्दा बाहिर रहेर व्यावहारिक रुपमा आफूलाई उपयुक्त पात्र भएको प्रमाणित गर्न चुनौती दिए।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले चरित्रको मापन यौन मात्रै हो भनी प्रश्न गरे।

प्रधानले भने आफू विरुद्ध परेको उजुरीको भने प्रतिवाद गरे। कानूनी रुपमा समाधान भईसकेको विषय भएकाले आफूले कानूनले र्निदिष्ट गरे अनुसार गर्ने उनले स्पष्ट पारे।

उनले भने, ‘उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो कि होइन भन्ने हो भने हामी यो समाजमा सबै नागरिकहरुले कसरी हामी व्यवस्थापन गर्नसक्छौँ? त्यो पनि म निवेदन गर्न चाहन्छु। उजुरीको आधारमा नैतिक चरित्र हो कि होइन भनेर प्रश्न गर्ने, निर्णय गर्ने तहमा पुग्ने स्वतन्त्रता दिने हो भने भोलिको समाज कहाँ पुग्ला?’ 

प्रधानको सुनुवाइपछि समितिको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .