ad ad

राजनीति


बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन

बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन

नेपालखबर
साउन ९, २०८१ बुधबार १९:४३, काठमाडौँ

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन्।

आज उनले गुह्येश्वरीस्थित अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर कामकारबाहीबारे जानकारी लिएपछि निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिए।

‘ढल निकासका लागि संरचना त बन्छन् तर प्रयोगमा किन आइरहेका छैनन्? यसलाई सच्याउनुपर्यो। तत्काल गर्न सकिने काम अहिले गरौँ। संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्यो’, उपप्रधानमन्त्री सिंहले भने।

गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेकाले तिनको संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिँदै उनले बागमतीमा बाह्रै महिना पानी बगाउनुपर्नेमा पनि जोड दिए।

‘बागमतीमा बाह्र महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ। सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔँ। बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ’, उपप्रधानमन्त्री सिंहको भनाइ थियो।  

बागमतीभन्दा कुरुप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउनेसमेत धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .