ad ad

राजनीति


रास्वपा केन्द्रीय समिति बैठक सुरु, छलफलका यी ९ एजेन्डा

रास्वपा केन्द्रीय समिति बैठक सुरु, छलफलका यी ९ एजेन्डा

रास्वापा केन्द्रीय समिति बैठक


नेपालखबर
साउन १०, २०८१ बिहिबार १२:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। बैठक बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा सुरू भएको हो। 

रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार  बैठकको सुरूवातमा प्राकृतिक प्रकोप र दुर्घटनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

विभिन्न ९ एजेन्डामाथि बैठकमा छलफल सुरू भएको छ। विधान संशोधन, विभाग प्रमुख मनोनयन, कर्णाली विशेष अभियान लगायतका विषय एजेन्डामा राखिएका छन्।

यी हुन् छलफलका विषयहरुः
१. पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्था बारे जानकारी 
२. विभाग प्रमुख मनोनयनबारे छलफल
३. विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन

४. क्लोज क्याम्प बारे छलफल
५. कर्णाली विशेष अभियान
६. प्रदेश अभिमुखिकरण र जिल्ला बैठक र जिल्ला बहस
७. सल्लाहकार परिषद्मा मनोनयन
८.  केन्द्रीय विभागको बाँकी रहेको मनोनयन वारे छलफल र अनुमोदन
९. विविध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .