ad ad

राजनीति


सातै प्रदेशमा माओवादीको भेला, प्रचण्ड आफैँ सहभागी हुने

सातै प्रदेशमा माओवादीको भेला, प्रचण्ड आफैँ सहभागी हुने

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८१ बिहिबार १८:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रले देशव्यापी पार्टी संगठन विस्तारका लागि प्रदेश भेला राख्ने भएको छ।

सो भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै उपस्थित हुनेछन्। 

बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जनवर्गीय मोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

उनका अनुसार बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्नेछ। 

यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ । यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवसरमोर्चाको २७ र २८ गते बैठक बस्नेछ।

त्यसपछि तत्कालै भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि भेला राखिने सापकोटाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .