ad ad

राजनीति


लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाइ सांसदको विश्वास

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाइ सांसदको विश्वास

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १६:७, काठमाडौँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन्। गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले मंगलबार (भदौ ४) मा प्रदेशसभाबाट दुई तिहाइ विश्वासको मत लिएका हुन्। 

उनको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे। 

लुम्बिनीमा कुल ८७ सांसद छन् भने बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्छ। 

मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए।आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन्। 

दलको नेता चयन भएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

मुख्यमन्त्री आचार्य एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .