ad ad

राजनीति


एकनारायण अर्याललाई मुख्य सचिव बनाउने सरकारको तयारी

एकनारायण अर्याललाई मुख्य सचिव बनाउने सरकारको तयारी

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १६:३०, काठमाडौँ

सरकारले एकनारायण अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, बिहीबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले अर्याललाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिँदै मुख्य सचिव बनाउन लागेको हो। 

‘आज निमित्तको जिम्मेवारी दिनेगरी तयारी छ,’ स्रोतले अर्यालको नाम पुष्टि गर्दै नेपालखबरसँग भन्यो, ‘त्यसपछिको प्रक्रिया अनुसार मुख्य सचिव बन्नुहुन्छ।’

हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन्। 

गत साउन १० गते नियुक्त भएकी उनी नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव हुन्।

अर्याल हाल गृहसचिवको रुपमा कार्यरत छन्। अर्याललाई गृहबाट सरकारको मुख्य सचिव बनाउन लागिएको हो।

अर्यालसहित डा. तोयनारायण ज्ञवाली र दिनेश भट्टराई पनि मुख्य सचिवको दाबेदार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .