ad ad

राजनीति


विश्वप्रकाशको प्रस्ताव देउवाले गरे अस्वीकार

विश्वप्रकाशको प्रस्ताव देउवाले गरे अस्वीकार

नेपालखबर
भदौ १६, २०८१ आइतबार २०:१३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकमा पेस गरेको प्रतिवेदनमा उल्लेखित ‘एक्जिट पोलिसि’ बारेको प्रस्ताव केन्द्रीय समिति बैठकले अस्वीकार गरेको छ। 

शर्माले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा नेताहरूको अवकाशको व्यवस्था गर्नुपर्ने बताएका थिए। 

तर, उक्त विषयमा छलफल गर्नुपर्ने आवश्यकता नभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

‘विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लेखित एक्जिट पोलिसिबारे छलफल गर्दा अहिले नै निर्णय गर्न केन्द्रीय समितिले आवश्यक ठानेन,’ महतले भने, ‘संविधान संशोधनको विषयमा यस विषयमा कसरी जानुपर्छ भन्ने विषयमा छलफल गर्न सक्छौँ भनेर निर्णय गरेका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .