ad ad

राजनीति


एमाले सांसद शर्माबारे बालेनको स्टाटस फेसबुकले हटायो, रिकभरको प्रयास हुँदै

एमाले सांसद शर्माबारे बालेनको स्टाटस फेसबुकले हटायो, रिकभरको प्रयास हुँदै

नेपालखबर
भदौ १८, २०८१ मंगलबार ११:५०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले हटाएको छ। 

दुई दिनअघि लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएकोमा किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए। 

ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए। 

निकै चर्चामा रहेको यस विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालमा देखिँदैन। मेयर शाहको सचिवालयका अनुसार, उक्त स्टाटस आफूहरूले नभइ फेसबुकले नै हटाएको हो। 

‘धेरै रिपोर्ट भएर हटाएको रहेछ। उहाँ (बालेन)ले हटाएको होइन। रिकभरका लागि प्रयास भइरहेको छ,’ प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने। 

यस्तो थियो बालेनको स्टाटस:

सो स्टाटसप्रति आक्रामक हुँदै एमालेको भातृ संगठन अनेरास्ववियूका अध्यक्ष समिक बडालले ‘खुफिया एजेन्सीको निर्देशनमा जनताको आँखामा छारो हाल्ने काम मेयर बालेनले गरेको’ गम्भीर आरोप लगाएका थिए।

बडालको उक्त आरोपपछि मेयर बालेनले पनि जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर मात्रै राजनीतिमा उतार्न आग्रह गरेका थिए। 

मेयर बालेनले सर्वोच्च र उच्च अदालतको आदेशबारे लामो स्टाटस लेखेर थप प्रष्ट पारेका थिए भने अनेरास्ववियू अध्यक्ष बडालले भिडिओ ब्रिफिङ नै गरेर मेयर बालेनले गल्ती काम गरेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .