ad ad

राजनीति


नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौँ : प्रस्तावित राजदूत ढकाल

नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौँ : प्रस्तावित राजदूत ढकाल

नेपालखबर
भदौ १९, २०८१ बुधबार १७:६, काठमाडौँ

साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशविक्रम ढकालले आफू नियुक्त भए नेपाल र आउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताएका छन्।

बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै साउदी अरबका लागि प्रस्तावित राजदूत ढकालले आफू नियुक्त भए नेपाल र साउदी अरबका बीचमा भएको सम्झौता पुनरावलोकन गर्ने बताए।

त्यसका लागि मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भूमिका खेल्ने उनले बताए। 

‘साउदी अरबको सरकारसँग नेपाल सरकारसँग अनिवार्य रुपमा गर्नुपर्ने खालको, उच्च महत्व दिनुपर्ने छ। यसका लागि ड्राफ्टहरु तयार गरिएका पनि छन्। त्यसलाई फाइनल कसरी गर्न सकिन्छ? त्यसमा मेरो भूमिका रहनेछ। साउदी सरकारले नेपाली दूतावास बनाउन जग्गा उपलब्ध गराउने भएको छ। त्यसकारण मेरो कार्यकालमा नेपाल सरकारको सहयोगमा दूतावास भवन स्थापना गर्ने योजनामा मेरो महत्वपूर्ण भुमिका रहनेछ र काम गर्नेछु,’ उनले भने। 

साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा उनले जोेड दिए। 

त्यसैगरी नेपाल–साउदी अरबका बीचमा उच्चस्तरीय भ्रमण गराउने पनि उनको कार्ययोजना छ। दूतावासको भवन बनाउने, नेपाली कामदारहरूलाई जनचेतना जगाउने लगायतका काम पनि आफूले गर्ने उनले बताए।

‘उच्चस्तरीय भ्रमण भएको छैन। साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु। मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु,’ उनले भने, ‘जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ। हाम्रा ४ लाख नेपालीहरू हुनुहुन्छ। उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ। किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ। यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .