ad ad

राजनीति


समाजवाद उन्मुख नभइ राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

समाजवाद उन्मुख नभइ राष्ट्रिय पुँजीको विकास सम्भव छैन : नारायणकाजी श्रेष्ठ

नेपालखबर
भदौ २०, २०८१ बिहिबार १५:१२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन्। 

नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको उनको भनाइ थियो। पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताउँदै उनले समाजवादको आंशिक पक्षहरूको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने बताए।

भिडिओ

 

‘नेपालको सन्दर्भमा कुराकानी गर्दा यहाँ प्रश्न उठेको छ। नेपालका कम्प्लिट भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति नै हो। सामन्तवादी उत्पादन सम्बन्ध छैन भनेपछि मुलभुत रुपमा कहाँ कहाँ खोज्नुहुन्छ के अरु कुरा, अहिले सामन्तवादी उत्पादन ढाँचा छैन। अवशेषको रुपमा छ। त्यो भनेको पुँजीवादी उत्पादन ढाँचामै छ। राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा जान सकिन्छ त? भन्नेकुरा छ। एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको विकास गर्ने, पुँजीवादी बाटोबाटै र त्यसपछि समाजवादमा जान सम्भव छैन। राष्ट्रिय पुँजीको विकास अब समाजवाद उन्मुख नभइकन बन्दै बन्दैन। समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई विस्तारित गर्दै एउटा फड्कोमा पुग्नुपर्छ,’ श्रेष्ठले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .