ad ad

राजनीति


सरकार बनेको दुई महिनापछि बल्ल बन्यो न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल

सरकार बनेको दुई महिनापछि बल्ल बन्यो न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल

नेपालखबर
भदौ २३, २०८१ आइतबार २१:४६, काठमाडौँ

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा चार सदस्यीय कार्यदल बनाउने सहमति भएको हो।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र  प्रवक्ता प्रकाशरण महत छन्। यस्तै एमालेबाट उपमहासचिवद्वय विष्णु रिमाल र प्रदीप ज्ञवाली छन्।

आइतबार ओलीलाई भेट्न देउवा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई लिएर बालुवाटार पुगेका थिए।

अपरान्ह ४ बजेदेखि ६ बजेसम्म छलफल भएको थियो। छलफलमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए।

कांग्रेस प्रवक्ता महतका अनुसार छिट्टै साझा कार्यक्रम ल्याउनेगरी कार्यदलले काम गर्नेछ।

असार १७ गते  मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच सत्तासहकार्य गर्ने सहमति भएको थियो।

असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो।

दुइ महिना हुनलाग्दा समेत सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .