ad ad

राजनीति


ईपीजीबारे बाबुराम : भारत प्रतिवेदन बुझ्नै चाहँदैन, नेपाल पक्ष गरुडको अगाडि सर्पजस्तो

ईपीजीबारे बाबुराम : भारत प्रतिवेदन बुझ्नै चाहँदैन, नेपाल पक्ष गरुडको अगाडि सर्पजस्तो

फाइल फोटो


नेपालखबर
भदौ २३, २०८१ आइतबार २२:०, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन बुझ्न भारत तयार नहुनु खेदजनक भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा धारणा राख्दै डा. भट्टराईले नेपाल पक्ष भारतसँग गरुडका अगाडि सर्प परेजस्तै लम्पसार भएको आरोप पनि लगाएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली ईपीजीबारे मुख खोल्न खोजेपनि प्रष्ट नभएको बताएका छन्।

साथै, भट्टराईले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीलाई साथ दिन सबैसँग आग्रहसमेत गरेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराईले ईपीजी आफ्नो कार्यकालमा सुरु भएको उल्लेख गरेका छन्। उनले प्रतिवेदन बुझ्नु र कार्यान्वयन गर्नु भारतको पनि हितमा रहेको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .