ad ad

राजनीति


उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन : पूर्वसभामुख सापकोटा

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन : पूर्वसभामुख सापकोटा

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १४:३६, काठमाडौँ

पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन्।

पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको उपाध्यक्ष सापकोटाको भनाइ छ। 

सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको सापकोटाले भने।

‘प्रथम दृष्टिमै विचार गर्दाखेरी त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटी भएको बुझिँदैन। उहाँहरूको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्‌मा निर्णय गर्नका लागि सहज बनाउनका लागि यो एजेण्डालाई अगाडी ल्याएको हो। सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ। त्यसो भएको हुनाले यो सम्भव पनि छैन,’ उपाध्यक्ष सापकोटाले भने।

सरकार संवैधानिक परिषद्‌मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको उनको दाबी छ।

‘उहाँहरूले (सत्तारुढ दल) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ। अहिले सरकार अल्पमतमा छ। त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटीका आधारमा, त्रुटीमा टेकेर उहाँलाई हटाउन खोजिएको हो। अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु। यो राजनीतिक कुरा हो। उहाँको गल्ती कमजोरी पनि होला। मैले बुझ्न बाँकी छ,’ सापकोटाले भने।

पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .