नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताएकी छन्।
सोमबार राष्ट्रिय सभामा बोल्द उनले संविधानले जनयुद्ध नचिन्ने बताएकी हुन्। उनले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताइन्।
सांसद न्यौपानेले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताइन्। उनले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राखिन्।
उनले भनिन्, ‘अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको पायौँ। हामीले संविधानले के चिन्छ, त्यही कुरा बोल्ने र गर्ने हो। संविधानले जनयुद्ध भनेर चिन्दैन संविधानले चिनेको भनेको सशस्त्र द्वन्द्व हो। सशस्त्र द्वन्द्व नै भनेर हामीले बुझौँ । पार्टीका कार्यक्रममा, दस्ताबेजमा के लेख्छौँ, त्यो अलग कुरा हो। तर हामीले चिनेको संविधान हो।’
सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरिन्।
Shares
प्रतिक्रिया