ad ad

राजनीति


राष्ट्रियसभाको १६औँ अधिवेशन : ४० बैठक, १२ वटा विधेयक पारित

प्रधानमन्त्री र मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम
राष्ट्रियसभाको १६औँ अधिवेशन : ४० बैठक, १२ वटा विधेयक पारित

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १५:१०, काठमाडौँ

राष्ट्रिय सभाको १६औं अधिवेशनमा ४० वटा बैठक बसेको छ। सभाको ४०औँ बैठक अहिले चलिरहेको छ। 

२०८१ वैशाख २८ गते सुरु भएको १६औँ अधिवेशन ०८१ भदौ ३१ गते आजबाट अन्त्य हुँदै छ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाबाट यो अधिवेशनमा १२ वटा विधेयक पारित भएको छ। 

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको छ।

नेपाल विश्वविद्यालय विधेयक, २०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणिकरण हुन बाँकी रहेको छ। 

दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसकेका विधेयकहरूमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९, विनियोजन विधेयक, २०८१, आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महसुल विधेयक, २०८१ र लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ छन्। 

मिडिया काउन्सिल विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको छ। 

सवारी दुर्घटना न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतिले स्वीकृत भएको छ। 

यही अधिवेशनबाट राष्ट्रिय सभामा प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ । साथै हरेक दिन अनिवार्य रुपमा शून्य समय राख्ने कार्यको थालनी समेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .