ad ad

राजनीति


सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दैछौं : थापा

सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दैछौं : थापा

नेपालखबर
असोज २, २०८१ बुधबार १४:४१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  सरकारको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन्। 

बुधवार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले त्यसमा शिक्षा ऐन तत्काल पारित गर्ने कुरा लेखेको जानकारी दिए।

‘आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ, त्यो कार्यक्रम बनाइरहेका छौं,’ थापाले भने, ‘त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो। सरकारले चाहेर मात्रै हुँदैन। संसदले सँगै काम गर्नुपर्छ। संसदको छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाइ वर्ष पारित नहुने अवस्था देखियो।’ 

थापाले शिक्षाबारे काम गर्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल रहेका समूह बनाएर काम गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .