ad ad

राजनीति


दाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप (भिडियाे)

दाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप (भिडियाे)

प्रकाश न्यौपाने
असोज १९, २०७७ सोमबार ६:३४,

सत्तारुढ नेकपाको प्रदेश ५ को संसदीय दलले सो प्रदेशको राजधानी दाङ गर्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले दाङ राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्दै नेकपा सांसदहरुलाई सो प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

‘दाङको भालुवाङलाई प्रशासनिक राजधानी र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने गरी विकास गर्ने लक्ष्यका साथ यो प्रस्ताव आएको छ, आजको संसदीय दलले यसका पक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बैठकपछि बताए, ‘मुख्यमन्त्रीले यो प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिसक्नुभयो।’

बुटवलमा रहेको अस्थायी राजधानी सारेर दाङको भालुवाङ लग्ने निर्णय भएपछि अहिले नेपाली कांग्रेस, अन्य विपक्षी दल लगायतले बुटवलमा आन्दोलन चर्काएका छन्।

त्यसैलाई मध्यनजर गरी अहिले बुटवल र वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .