ad ad

खेल


बुन्डेस लिगामा बायर्नको जित, लेवान्डोस्की एक्लैले गरे चार गोल

बुन्डेस लिगामा बायर्नको जित, लेवान्डोस्की एक्लैले गरे चार गोल

नेपालखबर
असोज १९, २०७७ सोमबार ५:४६,

फरवार्ड रोबर्ट लेवान्डोस्की एक्लैले चार गोल गरेपछि जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले प्रतिस्पर्धात्मक जित निकालेको छ।

साविक विजेता बायर्नले घरेलु मैदानमा हर्था बर्लिनमाथि ४–३ को जित हात पार्यो। हर्थाका जोन कोर्डोवा, म्याथुस कुन्हा र जेसिक नागनकमले गोल गरे पनि हार टार्न सकेन।

एलिएन्ज एरिनामा बायर्नले ४०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो। लेवान्डोस्कीले खेलको ४०, ५१, ८५ र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे।

खेलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै हर्थाले २ गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो। ५९औं मिनेटमा म्याथुस कुन्हाको पासमा जोन कोर्डोबाले पहिलो गोल फर्काए। ७१औं मिनेटमा क्रेजस्टफको पासमा म्याथुस कुन्हाले गोल गर्दै खेललाई २–२ गोको बराबरीमा ल्याए।

८५ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गर्दा ८८औं मिनेटमा जेसिक नागनकमले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। निर्धारित समय ३–३ को बराबरी भएको खेलमा दोस्रो हाफको अतिरिक्त समयमा लेवान्डोस्कीले गोल गर्दै जित निश्चित गरे।

गएराति नै भएको अर्को खेलमा अस्बर्ग र वुल्फ्सवर्गले गोलरहित बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .