ad ad

राजनीति


राजधानी विवाद : प्रदेश सभाको बैठक स्थगित गर्न विपक्षी दलको माग, नेकपा बैठक राख्ने पक्षमा

राजधानी विवाद : प्रदेश सभाको बैठक स्थगित गर्न विपक्षी दलको माग, नेकपा बैठक राख्ने पक्षमा

प्रकाश न्यौपाने
असोज १९, २०७७ सोमबार ७:८,

प्रदेश ५ का नेपाली कांग्रेस लगायतका विपक्षी सांसदहरुले प्रदेश सभाको आज (सोमबार) को बैठक स्थगित गर्न माग गरेका छन्।

तर सत्तारुढ नेकपाले भने बैठक राख्ने अडानमा रहेको सांसदहरुले बताएका छन्।

बुटवलबाट प्रदेश ५ को राजधानी दाङ देउखुरी (भालुवाङ) सार्न लागिएकोमा बिरोध चर्किरहेका बेला नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) लगायत सो प्रदेशका विपक्षी सांसदहरुले प्रदेश सभाको सोमबारको बैठक स्थगित गर्न माग गरेका हुन्।

Butwal Rajdhani Birodh 7

सोमबार बिहान भएको सर्वदलीय बैठकमा उनीहरुले राखेको सो मागमा सत्तारुढ नेकपा सहमत नभएको बैठकमा सहभागी सांसदले बताए।

‘नेपाली कांग्रेस लगायत हामी विपक्षी सांसदहरुले आजको बैठक स्थगित गर्न प्रस्ताव गरेका छौं तर सत्ताधारी नेकपाले दुई तिहाइको दम्भमा बैठक राख्ने अडान लिएको छ,’ जसपाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले भने।

Butwal Rajdhani Birodh 1

बुटवलमा जारी विरोध प्रदर्शन र प्रदेश सभामा हुनसक्ने विरोधलाई मध्यनजर गरी प्रशासनले बुटवल बजार र प्रदेश सभा वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरी सुरक्षा व्यवस्था कडा बनाएको छ।

Pradesh 5 PradeshSabha

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .