इन्डियन एक्सप्रेसका अनुसार आगामी नोभेम्बर १७ तारिखमा भिडियो कन्फ्रेन्समार्फत ब्रिक्स सम्मेलन हुँदैछ। उक्त सम्मेलनमा सी र मोदी सहभागी हुनेछन्।
रुसले सोमबार मात्र आफूसहित चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिकाले १२ औं ब्रिक्स सम्मेलनमा भिडियो कन्फ्रेन्सको माध्यमबाट भाग लिने बताएको छ।
गएको ६ वर्षयता सी र मोदीबीच १८ पटक भेटघाट भइसकेको छ। तर गत जुन महिनामा भारत र चीनका सेनाबीच भएको झडपयता दुवै नेताले सम्वाद गरेका छैनन्।
अधिकारीहरुका अनुसार १७ नोभेम्बर अगाडि दुवै नेताबीच कुनै वैठक अथवा फोना सम्वादको कार्यतालिका नभएको बताइएको छ।
यद्यपी ब्रिक्स सम्मेलन अगाडि यी दुई नेताबीच कुराकानी हुने सम्भावना भने रहेको विश्लेषकहरु बताउँछन्।
सीमा विवाद उग्र बन्न अगाडि गत मार्च २६ मा पनि सी र मोदी एकै कार्यक्रममा सहभागी भएका थिए।
साउदी अरबले कोरोना महामारीको विषयालाई लिएर जी–२० देशबीच भिडियो कन्फ्रेन्समार्पmत छलफल गराएको थियो।
ब्रिक्स सम्मेलन समाप्त भएको चार दिनपछि नै जी–२० सम्मेलन हुँदैछ। यस कार्यक्रममा पनि सी र मोदी आमने सामने हुनेछन्। यसपटक जी–२० सम्मेलन नोभेम्बर २१ देखि २२ सम्म चल्नेछ।
विश्लेषकहरुका अनुसार आगामी महिनाको १७ तारिखमा हुने ब्रिक्स सम्मेलन भारत र चीनबीच विवाद समाधान गर्ने एक अवसर हुनसक्छ। एजेन्सी
प्रतिक्रिया